रुकुमपूर्वमा पनि प्रजातान्त्र दिवसकाे अवसर पारेर जिल्ला समन्वय रुकुमपूर्वकाे आयाेजना गरेकाे विविध कार्यक्रममा मर्यादा क्रम नमिलेको भन्दै नेकपा एमालेका रुकुमपूर्वका जिल्ला अध्यक्ष लिलामणी गौतम र नेपाली कांग्रेसका उपसभापति भीम बहादुर खड्का र भूमि आयाेग रुकुमपूर्वका अध्यक्ष हरिहर पाैडेलले कार्यक्रम बहिष्कार गरेका छन्।
सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुक्मेणी माविकाे आगनमा कार्यक्रमकाे सञ्चालन जिससकाे निमित्त अधिकारी रवीन्द्र बुढाक्षेत्रीले गर्नु भएको थियाे।देशकाे दुई ठुला दल तथा गठबन्धन सरकारकाे बेईजत गर्दै कार्यक्रमकाे बहिष्कार गर्दा यी नेताहरुले नागरिक आवाज उठाउन भन्दा कुर्सी तानातान गर्न ठिक देखिएका छन्। भूमि आयाेग अध्यक्ष पाैडेल र दुबै नेताले कार्यक्रम छोडेर बाहिरिदै गर्दा उता कार्यक्रम सञ्चालकले भने अतिथि ग्रहण गर्न आग्रह गरेका थिए। तर मर्यादा क्रमको पालना नगरेको भन्दै कार्यक्रमबाट फुट निस्किएका हुन्।
पार्टी र जिल्लाकाे जिम्मेवारी रहेका नेताले मर्यादा क्रम जस्तो प्राविधिक विषयलाई लिएर कार्यक्रम बहिष्कार गर्नु नेताहरूको व्यक्तिगत अहंकार हो कि संस्थागत शिष्टाचारको रक्षा भन्ने विषयमा प्रश्न उठ्न थालेकाे छ।
















प्रतिक्रिया दिनुहोस्