२०८३ भाद्र २६ गते शुक्रवार

मयाङ खोलाको बाढीले बगाउँदा दुई जना बेपत्ता



Screenshot

भाद्र २१,रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा मयाङ खोलामा आएको बाढीमा परी दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा स्थानीय तीर्थराम शाही र बुदिराज सेन रहेको स्थानीयले राज सेनले जानकारी दिए ।

लगातारको वर्षापछि मयाङ खोलामा पानीको बहाव बढेको थियो । सोही क्रममा उनीहरूलाई खोलाले बगाएको सेनले भने ।

घटनापछि स्थानीयवासीले तत्काल खोजी सुरु गरेका छन् । तर खोलामा पानीको बहाव तीव्र रहेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको छ ।

दुर्गम भूगोल र कमजोर सञ्चार सम्पर्कका कारण घटनास्थलबाट तत्काल विस्तृत सूचना संकलन गर्नसमेत कठिनाइ भएको सेन भने ।

प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार