२०८३ साउन १२ गते मङ्गलवार

२. दूर्गा भवानी मन्दिर



 

भूमे गाउँपालिका वडा नं. ३ सिमाको बाजुमधारामा रहेको दूर्गा भवानीको मन्दिर धार्मिक दृष्टिकोणले स्थानीय स्तरमा लोकप्रिय छ । खास गरी स्थानीय झाँक्रीहरुको देउता कम्फु रम्मा ओल्पिएको (अलप भएको)  ठाउँको रुपमा परिचित उक्त ठाउँमा स्थानीयहरुले पुजा पनि गर्दछन् ।

पर्यटकीय स्थल नामः दुर्गा भवानी मन्दिर
स्थानः भूमे गाउँपालिका वडा नं. ३ सिमा बाजुमधारा
विशेषता दुर्गा भगवानको दर्शन ,मन्दिरको क्षेत्रबाट मध्यपहाडी लोकमार्गको अवलोकन लगायत विभिन्न क्षेत्रहरुको अवलोकन, कम्फुरम्मा सिंढी अवलोकन
पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः मन्दिर भएको तर घेराबार नभएकोहोटल, खानेपानी तथा शौचालयको व्यवस्था नभएको
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य हरियाली र सरसफाई युक्त सिमा गाउँको अवलोकनसिमा खेतमा गहुँको उन्नत विउँको उत्पादन पलाष्टिक टनेलभित्र अर्गानिक तरकारी खेतीको अवलोकनइसाई धर्मालम्वीहरुको चर्चको अवलोकनचन्वाङ गुफा ,राजदरवार, तामा खानी जान बस्न र हेर्न सकिने
पर्यटकले समय व्यतित गर्न सक्ने आधार मन्दिरको दायाँतर्फ तामाखानीको अवशेष हेर्न सकिनेपूजापाठ तथा धार्मिक आस्था
लोकप्रियता अद्भूत र अलौकिक शक्तिका कम्फूरम्मा देवता स्थानीय झाँक्री ओल्पिएको र जनताले त्यस ठाउँलाई धार्मिक आस्थाको रुपमा हेर्ने गरेको
सुरक्षा प्रबन्ध/संरक्षण मध्यपहाडी लोकमार्गबाट मन्दिरसम्म सिंढीतारजाली तथा घेरावारको आवश्यक्ता पालेको व्यवस्था नभएको
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल स्थानीय बजार सिसाघारी बजार व्यवस्थापन समितिबाट मन्दिर निर्माण गरिएको
विकास गर्न सकिने सम्भावना फूलबारी बगैचाको स्थापनामन्दिरसम्म पुग्ने सिँढी, गेट र रेलिङका साथै प्रतिक्षालयको  निर्माण

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार