२०८३ कार्तिक ११ गते मङ्गलवार

रुकुम पश्चिममा जीप दुर्घटना : दुई जनाको मृत्यु, चार गम्भीर



समाचार सारांश
Generated Using AI
  • लु १ च ६०२९ नम्बरको जीप सानीभेरी–३ र ६ को सिमाना डाङडुगेमा दुर्घटना भएको हो।
  • जीपमा ११ जना सवार रहेको प्रहरीले जनाएको छ ।
  • प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार प्रशासनले घाइतेको उद्धारका लागि नेपाली सेनासँग समन्वय गरिरहेको बताए ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

 

रुकुम पश्चिमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान सानीभेरी गाउँपालिका–६ कोटगाउँबाट गाउँपालिकाको केन्द्र हुँदै जिल्ला सदरमुकाम खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जीप सानीभेरी–३ र ६ को सिमाना डाङडुगेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जीपमा ११ जना सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेको तत्काल उद्धारका लागि सानीभेरी गाउँपालिकाले हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार प्रशासनले घाइतेको उद्धारका लागि नेपाली सेनासँग समन्वय गरिरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २८ गते आइतवार