२०८३ साउन १२ गते मङ्गलवार

जातीय आन्दोलनकाे सस्थापक जनयुद्ध हाे : विद्यार्थी नेता रसाइली



जातीय आन्दोलनकाे सस्थापक जनयुद्ध हाे : विद्यार्थी नेता रसाइली

किस्मत शेर्पाली रुकुमकाेट

अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइलीले राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुकुमपूर्वकाे पहिलाे जिल्ला अधिवेशनमा शुभकामना मन्तव्य दिनुभएको छ।

शुभकामना दिनु हुँदै स्वर्गीय बिक्रम परियारलाई सम्झदै भावुक हुनु भएको छ। रुकुमपूर्वमा मात्रै नभए र देश भर दलितकाे न्याय खाज्दै हिडेकाे एक कुशल पत्रकार परियारलाई बस दुर्घटनामा गुमाउन पुग्दा ठुलाे क्षति ब्यहाेर्नु परेकाे बताउनुभयाे।

पिछडिएको वर्ग र दलितकाे दिलाउने भनेकाे माओवादी त्याग तपस्या र वलिदान गर्दा दलित न्याय पाएकाे बताउनुभयाे। तर दलित हेर्ने दृष्टिकोण रुकुमपूर्वमा फरक भएको बताउनुभयो । सरकार मै रहेका दलित हेपिनु परेको बताउनुभयो । अब दलितलाई कसैले गिद्दे नजरले हेर्छ भने नीति र विधिमा तेकेर कारागार चलान गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ पुष २६ गते शुक्रवार