२०८३ कार्तिक १२ गते बुधवार

३. झुम्लाबाङ तामाखानी



 

झुम्लाबाङ (२३१५ मिटर) गाउँमा मगर, नेवार, गुरुङ, ठकुरी, क्षेत्री र दलितको बसोबास छ। करिब तीन सय वर्ष अघि यो ठाउँमा गुल्मिको भारसेबाट बुढा, बागलुङको गल्कोटबाट राना र भक्तपुरबाट नेवारहरू तामाखानी र तक्सारकै सिलसिलामा बसाई सरेर आएको बताइन्छ। पश्चिममा चालनेटा (२३५५ मि.) डाँडामा राहुल राजाको दरबारका अवशेष छन्, उत्तर चम्बाङमा धार्मिक स्थल छ। पूर्वतिर रामली चौर छ जहाँबाट काँक्री, महत, लुकुम, र अन्य भूभाग देखिन्छ।

तामाखानी रहेको र पहिला टक्सार बसेको ठाउँ व्यवस्थित गर्न सके पर्यटन केन्द्र बन्न सक्छ। झुम्लाबाङ भिलेज फाउण्डेशनले गाउँमा सामुदायिक अस्पताल, साँस्कृतिक भवन र अर्थ ब्याग स्कुल भवन निर्माण गरेको छ।

Photo: Buddha Kush

पर्यटकीय स्थल नामः झुम्लाबाङ तामाखानी
स्थानः भूमे गाउँपालिका वडा नं. ३ झुम्लावाङ
विशेषता तामाका धाउ र उत्खनन् गरिएका तामा खानीहरु प्रशस्त रहेकोखानी सुरुङलाई पर्यटकीय स्तरको रुपमा विकास गर्न सकिनेचार दिशाका देवता (शिद्ध ठान, माई ठान, बराह ठान, बराजु ठान) को ठान/मन्दिर रहेकोले पुजापाठ दर्शन गर्न सकिने
पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः सडक, खानेपानी, शौचालय आदिको सुविधा भएको
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य राजदरबार, चनबाङ गुफा, गुराँसे लेक जान सकिनेमहत युद्ध फिचर, जनवादी विद्यालय क्याङ्सी, जनजाति संग्रहालय, कमल तालको नजिकै रहेको
पर्यटकले समय व्यतित गर्न सक्ने आधार अध्ययन अनुसन्धान, मनोरञ्जन आदि
लोकप्रियता झुम्लाबाङको सिनतामोको नामले प्रख्यात, उक्त तामाबाट बीचमा प्वाल परेको तामाको पैसा, तामाको भाँडा हेर्न पाइने।
विकास गर्न सकिने सम्भावना सडक पूर्वाधारको निर्माण,खानी रहेको ठाउँहरुलाई संरक्षण तथा संवर्द्धन गरी प्रचारप्रसार गर्नेमन्दिर क्षेत्र सरसफाई तथा पुनर्निर्माणघेराबार

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार