२०८३ कार्तिक १२ गते बुधवार

४. राम्ली लेक



 

भूमे गाउँपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने राम्ली लेक पनि पर्यटनको सम्भावना हुन सक्छ । लेकको समथर भूभागबाट सिस्ने हिमाल, रोल्पाको जलजला, धौलागिरी हिमाल र रुकुम (पूर्व) तथा रुकुम (पश्चिम)का विभिन्न भू-भागको दृष्यावलोकन गर्न सकिन्छ । ऋषि पूर्णिमा र ज्येष्ठ पूर्णिमामा पूजा समेत गरिने उक्त स्थानमा फूलबारी बगैचाको स्थापना, ट्रेकिङ मार्ग. प्रतिक्षालयको निर्माण र अतिथि गृहको निर्माण गरेर पर्यटनको थप प्रवर्द्धन समेत गर्न सकिन्छ ।

पर्यटकीय स्थल नामः राम्ली लेक
स्थानः भूमे गाउँपालिका वडा नं.३ क्याङसी
विशेषता समथर भू-भाग भएको,त्यहाँबाट सिस्ने हिमाल, रोल्पाको जलजला, धौलागिरी हिमाल, रुकुम पश्चिमको विभिन्न भागहरु देखिने।विभिन्न किसिमको रमणीय ठाउँहरुको अवलोकन र अध्ययनस्वच्छ तथा मनोरम वातावरणमा रमाउन पाइने रुकुम (पूर्व)को अन्तिम सिमानासम्मको अवलोकन गर्न सकिनेरिखि पूर्णमा र जेठे पूर्णिमामा आत्म विश्वासको लागि पूजा पाथ गरिने
पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः सडक, खानेपानी, होटल शौचालय आदिको सुविधा नभएको
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य पूथा उत्तरगंगाको सम्पूर्ण भागहरुमा जान सकिने सकिनेलेक बाट सिस्ने हिमाल, रोल्पाको जलजला तथा विभिन्न ठाउँहरुको अवलोकन
पर्यटकले समय व्यतित गर्न सक्ने आधार अध्ययन अनुसन्धान, मनोरञ्जन, आदि लिन सकिने
लोकप्रियता स्थानीयले रिखि पूर्णिमा र जेठे पूर्णिमामा  पूजा गर्ने भएकोले लोकप्रिय भएकोविभिन्न क्षेत्रहरुको अवलोकन गर्न सकिने
प्रदेश एवं स्थानीय तहको लोकप्रियता भौगोलिक वनावटले अतन्तै महत्वपूर्ण रमणिय तथा स्वच्छ वातावरणमा रमाउन पाईनेअत्यन्तै रमणीय स्थलहरु भएको स्वच्छ वातावरण भएको
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल त्यस लेकमा विगत समयमा हेलो नेपालको टावर निर्माण भएको र हाल नमस्तेको टावरको लागि विशेष पहल भैराखेको  
विकास गर्न सकिने सम्भावना फूलबारी बगैचाको स्थापनाट्रेकिङ मार्गप्रतिक्षालयको निर्माणअतिथि गृहको निर्माण

प्रकाशित मिति : २०७८ बैशाख १९ गते आइतवार