२०८३ साउन १४ गते बिहिवार

माओवादी पार्टी त्याग गरी सिस्नेका गाेपाल र दलबहादुर एमालेमा प्रवेश



बिमल बि क

नेकपा माओवादी केन्द्र सिस्ने गाउँ कमिटी सदस्य दल बहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेका छन ।नेकपा माओवादी केन्द्र सिस्ने गाउँ कमिटी सदस्य खड्काले नेकपा एमालेमा प्रवेश गरेका हुन् । शुक्रबार जिल्ला सदरमुकाम रुकुमकोटमा सम्पन्न नेकपा एमाले सिस्ने गाउँ कमिटीको दोस्रो बैठकमा खड्का नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा पार्टी प्रवेश गरेकाे नेकपा एमाले रुकुमपूर्वका  अध्यक्ष लीलामणी गौतमले जानकारी दिनुभयो ।

माओवादी पार्टी त्यागेर खड्काले नेकपा एमालेमा पार्टी प्रवेश गरेका दलबहादुरलाई स्वागत गरिएकाे अध्यक्ष गाैतमले जानकारी दिनुभयो।नेकपा एमालेको पार्टी प्रवेश गरेका दलबहादुर खड्काले मुलुक र समाजको परिवर्तनको सम्भार अब नेकपा एमाले मात्रै भएकोले आफू यस पार्टीमा प्रवेश गरेको बताएका छन्। यस्तै सिस्ने गाउँपालिका – ५ का गोपाल कार्कीले पनि नेकपा एमाले प्रवेश गरेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार