रुकुमपूर्व । यस वर्ष हिमपात नहँदा हिमालहरु काला पथ्थरमा परिणत हुदैँ गएका छन फाल्गुन को दोस्रो साता बितिसक्दा पनि हिमाली क्षेत्रमा हिमपात भएको छैन।विगटका वर्षहरुमा भने मङ्सिरको पहिलो हप्ता देखि नै हिमपात पर्ने सुरु हुने रुकुमपूर्व लगायतका हिमाली भेगमा यस वर्ष भने फाल्गुन को दोस्रो साता बितिसक्दा पनि सामान्य मौसम बदली नहुँदा रुक्मेली नागरिकको लागि पिडा दायक बनेको छ।
जलवायु परिवर्तनका कारण मौसमबमा उत्तर चदाप आएर समयमा हिमपात नहुँदा हिमालहरु काला पथ्थरमा परिणत हुँदै गएका छन्।७ हजार अग्लो पुथा हिमाल र ५ हजार अग्लो सिस्ने हिमाल, ४ हजार ८ सय मिटर उच्चाईमा रहेको चौरी लेकमा हिँउ नपर्दा एका तिर पर्यटहरुको संख्या दिन प्रतिदिन घटदै गएका छन्।भने अर्को तर्फ लामो समयसम्म पानी नपर्दा आकासे पानीको भरमा खती गर्ने किसानहरु चिन्तित बेको छन्।
जलवायु परिवर्तनका कारण दिनँहु हिमरेखा घत्दो क्रमले हिमालहरु काला पथ्थर जस्तै देखिदै जादाँ चादी जस्तै टल्क टल्कने हिमाल कालो फलाम जस्तै देखिन थालेको छन्।हिउँद लागेसंगै हिमपात भएर सेताम्मे हुने डाडाकाँडाका हिमालहरु उराद लाग्दो भएको हो।विहानीको मिर्मिरे उज्यालो किरण झुल्के संगै चादी जस्तै टल्क टल्केर पुथा हिमालले मैकोट, पेल्मा लगाएतका माथिल्लो क्षेत्रलाई मुसुक्क मुस्कुराएर खुशी बनाउथ्यो भने सिस्नेले हिमालले सेताम्मे भएर आफ्नो अनुहार गुप्ता दहमा हेरेर ठूलो सिस्ने लगाएतका सिस्ने हिमाल देखिने गाउँहरुलाइ आफ्नो सुन्दरताले मन मख्ख बनाउथ्यो तर यो वर्ष भने निराश देखिन्छ।
स्थानीय नागरिकहरुको अनुसार केही दशक अघिसम्म यो हिमाल वर्षभरि सेताम्य देखिन्थ्यो, तर अब गर्मी महिनामा त झन् हिउँ लगभग हराएर कालो चट्टान मात्रै देखिन थालेको बताएका छन्।जिल्लाको विभिन्न ठाउँमा पानीका स्रोतहरू घट्टदै गएको छ।
















प्रतिक्रिया दिनुहोस्