२०८३ कार्तिक १२ गते बुधवार

स्थानीय पत्रकारलाई विज्ञापन नदिए  कारबाही गर्ने चेतावनी : अध्यक्ष हुमागाई



नेपाल सरकार विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले स्थानीय सरकार र सरकारी कार्यालयहरुलाई अब रुकुमपूर्वकाे पत्रकार महासंघले त्यतिकै हेरेर नबस्न जाेड दिनुभएको छ।पछिल्लो समय सरकारी कार्यालयले स्थानीय पत्रकार र मिडियालाई प्राथमिकता नदिई विज्ञापन  कमिसनको खेलमा बाह्य मिडिया र एजेन्सीलाई विज्ञापन दिदाँ कर्मचारीले गैर पत्रकारीता गरेकाे बताउनुभएको छ।विज्ञान वाेर्डका अध्यक्ष हुमागाईले  विज्ञापनको नाममा गैर पत्रकारीता गर्ने कार्यालयलाई  कारबाही गर्ने प्रक्रिया अघि बढाएकाे जानकारी दिनुभयो।

अध्यक्ष हुमागाईले बिहीबार जिल्ला स्थित पत्रकार महासंघ र मिडिया सञ्चालकहरूसँगको भेटघाट र छलफल कार्यक्रममा यस विषयलाई गम्भीरता व्यक्त गर्दै, स्थानीय सञ्चारमाध्यम र पत्रकारलाई प्राथमिकता नदिने कार्यालयलाई गैरकानुनी कार्यका रूपमा औंल्याउनुभएको छ। उहाँले भन्नुभयाे यदि स्थानीय मिडिया र पत्रकारलाई पाखा लगाएर बाह्य मिडिया र एजेन्सीलाई विज्ञापन दिइन्छ भने नेपाल सरकार विज्ञापन बोर्डले तत्काल  कारबाही गर्ने बताउनुभएको छ।

नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अध्यक्ष बशन्त बाँठा मगर, उपाध्यक्ष बालाराम शेर्पाली र सचिव निराजन सिर्पालीले स्थानीय पत्रकार र मिडियाका समस्या समेत बोर्डसमक्ष राखेका थिए। उनीहरूले विज्ञापनको वितरणमा असमानता र अनियमितताका कारण स्थानीय मिडिया र पत्रकारहरू प्रभावित भएको बताएकाे आवाज उठाएका थिए।

महासंघले उठाएकाे विषलाई अध्यक्ष हुमागाईले गम्भीर विषयका रूपमा लिँदै, नेपाल पत्रकार महासंघसँग सहकार्य गरेर विज्ञापन वितरण प्रणालीको सुधारका लागि कदम चाल्नुपर्ने बताउनुभयो। उहाँले  नेपाल पत्रकार महासंघलाई आग्रह गर्दै  रुकुमपूर्वमा सरकारी कार्यालयलले गरेकाे बेथिति र अनियमितता सम्बन्धमा विज्ञापन  बोर्डलाई निवेदन दिनुहोस्  वाेर्डले तुरुन्तै  सबै सरकारी कार्यालयलाई कार्वाही गर्ने बताउनुभयो हाे ।

रुकुमपूर्वमा गैर पत्रकारीता गर्ने सम्पूर्ण कार्यालयलाई विज्ञापन  वाेर्डले कार्वाही गर्ने कलम चलाउँदा जिल्लामा सरकारी कार्यालयहरुकाे मुटु काम्न थालेकाे छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार