हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ।गए राति परेको हिमपातले उक्त सडकखण्डलाई अवरुद्ध बनाएको हो।
रुकुमपूर्व र बागलुङको सिमा क्षेत्र अनतर्गत पर्ने साे सडकमा बाक्लो हिउँ जम्दा लामाे दुरी भएर आउजाउ गर्ने यातायात थप भएको हाे।जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख राम औंतार चौधरीकाे अनुसार सडकमा हिउँ परे संगै सवारी साधनहरूको आवागमनमा समस्या उत्पन्न भएको जानकारी दिनुभएको छ।
बिहान केही सवारी साधन आफ्नाे गन्तव्यमा जान काेसिस गरे पनि हिउँ परिरहेकाले अहिले सवारी साधनहरू रोकिएकाे चौधरीले जानकारी दिनुभयाे।वर्षेनी यो सडकखण्डमा हिमपातका कारण अवरोध हुने गरेको छ। हरेक वर्षको हिउँदयाममा यो खण्ड हिउँका कारण बन्द हुँदा सवारी साधनसहित यात्रुहरूलाई समस्या हुने गरेको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
















प्रतिक्रिया दिनुहोस्