जयमान बुढामगर
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमागरले दुर्गम क्षेत्रलाई सुगममा बदल्ने प्रदेशको जोड रहेको बताउनुभयो । आज शनिबार पुथाउत्तरङ्गा गाउँपालिका- १० तकसेरामा आयोजित पत्रकार सम्मेलनमा सभामुख घर्तीमगरले यस्तो बताउनुभएको हो ।
शनिबार तकसेरामा लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा प्रदेश सरकारसँग स्थानीय सरकारको कानुन निर्माण सम्बन्धी सहकार्य कार्यक्रम लगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सभामुख घर्तीमगरले प्रदेशको अति दुर्गम जिल्लालाई सुगममा बदल्न प्रदेशले जोड दिएको बताउनुभयो । लुम्बिनीको अति दुर्गम जिल्ला रुकुमपूर्वलाई सुगम जिल्ला बनाउने घर्तीमगरको भनाइ रहेको छ ।
विकास निर्माण र जनतालाई सहज सेवा दिनका लागि पहिलो कुरा कानुन निर्माण रहेको सभामुखले बताउनुभयो । त्यसको लागि कस्तो खालको कानुन बनाउदा दुर्गम जिल्लालाई विकास हुन्छ भनेर पुथाउत्तरङ्गा गाउँपालिकामै आएर कानुन निर्माणका लागि राय लिन आएको सभामुख घर्तीमगरले बताउनुभयो । अबका प्रदेशका कानुन दुर्गम र पिछडिएका वर्गलाई धेरै भन्दा धेरै सुविधा दिने खालको कानुन बनाउने उहाले बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीले धेरै अध्ययन र छलफल गरेर मात्र कानुन निर्माण बनाउनु हुने उहाँको भनाइ रहेको छ । साथै भाङ्गो खेतीलाई बढुवा दिनु पर्नेमा पनि सभामुख घर्तीमगरले बताउनुभयो । तर यो कानुन निर्माणमा सङ्घीय सरकार नै अग्रसर हुनु पर्ने उहाँले बताउनुभयो ।
शनिबार तकसेरामा लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा प्रदेश सरकारसँग स्थानीय सरकारको कानुन निर्माण सम्बन्धी सहकार्य कार्यक्रममा उपसभामुख मेनुका खाँड केसी, प्रदेश सांसद सुरुल पुनमगर, दिलकुमारी बुढा, धनबहादुर केसी, जिसस प्रमुख मेघबहादुर श्रेष्ठ, पुथाउत्तरङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगर, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी लगायत जिल्ला स्थित जनप्रतिनिधिको उपस्थितिमा कानुन निर्माण सम्बन्धी छलफलमा सहभागिता रहेको थियो ।
कानुन निर्माणको परामर्श प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले गर्नुभएको थियो । भने जिल्ला स्थित तीन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकामा निर्माण गरिएका कानुनको अवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्