रुकुमपूर्व / लुम्बिनी प्रदेश सरकारको आयोजनामा पुथा उत्तरगंगा गाउँपालिकाको सभाहलमा आयोजित ‘प्रदेश सभाको स्थानीय कानुन निर्माणसम्बन्धी सहकार्य कार्यक्रम’ मा पुथा उत्तरगंगा गाउँपालिका गाउँ सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत धुर्व बिकले गाउँपालिका परिचय संगै गाउँपालिकाले बनाएकाे कानुनहरुकाे प्रस्तुत गरेकामा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले पुथा उत्तरगंगा गाजा खेतीलाई कानुनी मान्यता दिने निर्णयप्रति गाउँपालिकालाई धन्यवाद दिनुभएकाे छ।
सभामुख घर्तीमगरले कार्यक्रम समापन पश्चात् आयोजित पत्रकार सम्मेलनमा सभामुख घर्तीमगरले पुथा उत्तरगंगा गाउँपालिकाले गाजा खेतीलाई कानुनी रूपमा अघि बढाउने कानुन निर्माण गरेकोमा प्रशंसा गर्नु भएको हाे। गाजा खेतीले आर्थिक तथा औद्योगिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भएको हाे।
अब प्रदेश सरकारले पनि गाजा खेती सम्बन्धि कानुनहरु निर्माण गर्ने पत्रकार सम्मेलनमा बताउनुभयो हाे। गाजा खेती गर्न पुथा उत्तरगंगा गाउँपालिकाले १९ ओैं गाउँ सभाकाे अधिवेशनबाट पारित गरेकाे थियाे।साे गाउँपालिकाले कानुनी परामर्शका आधारमा गाजा खेतीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न पहल गरिरहेको छ।
















प्रतिक्रिया दिनुहोस्