बिमल बि .क
चारगाउँ / रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर -८ मा सामुदायिक रुपान्तरण परियोजनाफअन्तर्गत समुदायका अगुवा तथा किशोर-किशोरीसँग हानिकारक अभ्याससम्बन्धी एक दिने अभिमुखीकरण गरिएकाे छ।
आईतवार एक औपचारिक कार्यक्रमका बीच समुदायका अगुवा तथा किशोर-किशोरीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो। यूनाइटेड मिशन टु नेपाल रुकुमपूर्वकाे आर्थिक सहयाेगमा गरिएको U.M.N. रुकुम पूर्वकाे सामाजिक परिचालिका जुनेली रोका मल्लले जानकारी दिनुभएको छ।
उक्त कार्यक्रममा वडा नम्बर -८ का वडाध्यक्ष पूर्ण शाही मल्ल , प्रहरी चौकी जाङका वरिष्ठ हवलदार दिल बहादुर रावत, स्वास्थ्य चौकी जाङका इञ्चार्ज ओम प्रसाद चौधरी, जन सहयोग माविका शिक्षक ऋषिकेश पौडेल लगायत आमा समूहहरुकाे उपस्थिति रहेको थियो।
प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
















प्रतिक्रिया दिनुहोस्