२०८३ कार्तिक ११ गते मङ्गलवार

रूकुम पूर्वमा मोटरसाइकल ठक्करबाट बालक घाइते



रुकुमकाेट / रूकुम पूर्वकाे सिस्ने गाउँपालिका-६ मिलन चोक नजिकै मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालक घाइते भएका छन्।

रूकुम पश्चिम मुसिकोट नगरपालिका -७ का २७ वर्षीय रेशम परियारले चलाएको रा १ ब ४८८ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि बालकलाई घाइते भएको  जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीले जानकारी दिनुभयाे।

घाइते बालकको रूकुम पूर्व अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। भने बालकलाई  ठक्कर दिने चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ। घाइते हुने बालकाे नाम प्रहरीले गाेप्य राखेकाे छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार