२०८३ कार्तिक ११ गते मङ्गलवार

गरखानीमा भएको ट्याक्टर दुर्घटनामा चालक घाइते



रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२, गरखानीमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। आइतबार साँझ ७:३० बजे रुकुमकोटबाट  साे गाउँपालिकाे वडा नम्बर ७ जाङतर्फ जाँदै गरेको लु ४ त १६० नम्बरको ट्याक्टर ब्रेक फेल  भएर दुर्घटना  जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

दुर्घटनामा परी पुथा उत्तरगंगा–१२ कोलका १९ वर्षीय ट्याक्टर चालक धिरेन सोनाम घाइते भएका छन्।घाइते भएका साेनामलाई अस्थायी प्रहरी पोष्ट कोलको टोलीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचारका लागि पठाएको प्रहरीले जनाएको छ। ट्याक्टर  सडकबाट करीब १५ मिटर तल  खसेकाे छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार