२०८३ कार्तिक ११ गते मङ्गलवार

फलाम खानीको प्रभावबारे झुम्लाबाङ्गमा अन्तरक्रिया



रुकुमपूर्वको भूमे गाउँपालिका वडा – ३ झुम्लाबाङ्गमा फलाम खानी सञ्चालनको सम्भावना, वातावरणीय प्रभाव, रोजगारीका अवसर र प्रभावका विषयमा अन्तरक्रिया तथा छलफल गरिएको हो।

भूमे – ३ झुम्लाबाङ्गमा सञ्चालन हुन लागेको फलाम खानीबारे भूमे गाउँपलिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जनतासँग आफ्नो धारणा राख्नु भएको छ।खानी भविष्यमा हुने उत्खननले झुम्लाबाङ्ग लगायत अन्य टोल बस्तीहरुमा पार्ने सकरात्मक र नकारात्मक असरबारे नागरिक सगं विचार व्यक्त गर्नु भएको हो।

अध्यक्ष श्रेष्ठको अनुसार, फलाम खानी सञ्चालन हुँदा रोजगारीका अवसर बढ्ने, पूर्वाधार विकास हुने, र देशको अर्थतन्त्रमा सकारात्मक प्रभावका विषयमा नागरिक सगं अनतरक्रिया गर्नु भएको हो।खानीले सरकारलाई राजस्व प्रदान गर्ने भएकाले विकास निर्माणका लागि नयाँ सम्भावना खुल्ने पनि बताउनुभयो।उहाँले नकारात्मक असरप्रति पनि सचेत रहनुपर्ने बताउनुभयो।

अध्यक्ष श्रेष्ठले वातावरणीय सन्तुलनमा गडबडी, जमिन कटान, पानीका स्रोतहरूमा असर, र स्थानीय बासिन्दाको बसाइसराइ जस्ता समस्याहरू निम्तिन नदिन गहिरो अध्यन गरेर मात्रै अगाडि बढ्ने बताउनुभएको छ।यस्तै अध्यक्ष श्रेष्ठको धारणा सुन्दै स्थानीय बासिन्दाहरूबीच यस विषयमा गाउँपलिकाले जनताको धारणा बुझेको बताएका छन।फलाम खानी राज्यले सञ्चालनलमा ल्याउनु भनेको भूमे गाउँपालिकाको मात्रै नभए र आर्थिक समृद्धि मार्गदर्शन बन्न सक्ने स्थानीयले बताएका हुन।

झुम्लाबाङ्गमा पत्ता लागेको ठुलो मात्रामा रहेको फलाम खानी उत्खननले रोजगारी र विकासका अवसर ल्याउन सक्छ।वातावरणीय क्षति र विस्थापनको जोखिम पनि उत्तिकै तत्रास त्यहाँ नागरिकले लिउको छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार