२०८३ साउन १४ गते बिहिवार

गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै भूमे गाउँपालिका



रुकुमपूर्वको भूमे गाउँपालिकालेगाउँ-गाउँमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै भूमे गाउँपालिका स्थानीय जनताको गुनासाे माग र आवश्यकताहरू सम्बोधन गर्न गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिरहेको छ। यसै कार्यक्रम अन्तर्गत  मंगलबार गाउँपालिकाले वडा – स्थित धर्मशालामा गाउँपालिका अध्यक्ष हाेमप्रकाश श्रेष्ठ , उपाध्यक्ष सविना बुढामगर, वडाध्यक्ष संगम राेकामगर, प्रमुख प्रशासकीय अधिकृत देविलाल बिक, पालिकाकाे विभिन्न शाखागत प्रमुखहरु  वडामा पुगेर नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्न टाेल – टाेलमा गाउँपालिका टिम पुगेका हुन्।

भूमे गाउँपालिकाले  चालू आर्थिक वर्ष ०८१/  ०८२काे दाेस्राे  चाैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम धर्मशालामा गरिएको गाउँपालिका जानकारी दिएकाे छ।स्थानीय नागरिकले  शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार  लगायतका समस्याहरू उठाएका थिए। स्थानीयको गुनासोअनुसार गाउँपालिकाका विभिन्न क्षेत्रमा अझै पनि उचित शिक्षा र स्वास्थ्य सेवा उपलब्ध छैन। सरकारी विद्यालयहरूमा शिक्षक अभाव, पठनपाठनको गुणस्तर कमजोर रहेको गुनासो सहभागीहरूले  प्रश्न  उठाएका हुन्।

त्यस्तै गाउँपालिकाका धेरै ठाउँमा मोटर बाटो नपुगेको स्थानहरुमा  गाेरेताे बाटाे जीर्ण भएको र नियमित मर्मत नहुँदा आवतजावतमा समस्या परेको  भित्री बनका स्थानीय कुमार ओलीले गाउँपालिका समक्ष  गुनासो गर्नु भएको थियाे।

भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले  नागरिकले उठाएका प्रश्नकाे जवाफ दिदै   स्थानीयको आवश्यकता र समस्याप्रति गाउँपनलिका सक्रिय रुपमा लागि परि रहेको बताउनुभयाे। आवश्यक भौतिक संरचना सुधार गर्न  गुणस्तरीय शिक्षा प्रवाहमा  अहाेरात्र खतेकाे अध्यक्ष श्रेष्ठले बताउनुभयो। नागरिकका गुनासा र सुझावलाई नीतिगत तहमा समावेश गर्दै गाउँपालिकाको कामलाई अझ पारदर्शी र प्रभावकारी बनाउदै लगिएको बताउनु भएको छ।

यस्त‌ै गाउँपालिकाका उपाध्यक्ष सविना बुढामगरले गाउँपालिका दाेस्राे अभिभावक भएको हैसियतले नागरिककाे  समस्यालाई समाधान गर्न  आवश्यक पहल गर्ने  बताउनुभएकाे छ।

गाउँपालिकाकाले सेवा प्रवाहका विषयमा प्रमुख प्रशासकीय अधिकृत देविलाल बिकले गाउँपालिकाले नागरिकमैत्री, प्रभावकारी र पारदर्शी सेवा प्रदान गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो। यश आर्थिक वर्षकाे फागुन महिनासम्म  ३३ प्रतिशत  विकास निर्माण काम सम्पन्न भएको बताउनुभएको छ। भने कार्यक्रमकाे सहजकरण नेपाल पत्रकार महासघ रुकुमपूर्वका सचिव निराजन बिक शेर्पालीले  गर्नु भएको थियाे।।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार