२०८३ साउन १५ गते शुक्रवार

भूमे गाउँपालिकामा ग्रामीण आँखा उपचार केन्द्र स्थापना



खाबाङबगर । हिमाली जिल्ला रुकुमपूर्वको भूमे गाउँपालिकामा स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यकाे साथ ग्रामीण आँखा उपचार केन्द्रकाे भूमे गाउँपालिका अध्यक्ष हाेमप्रकाश श्रेष्ठले स्थापना गर्नु भएको छ।

नेपाल आँखा कार्यक्रम तिलगंगा प्रतिष्ठन गाैशाला काठमाडौं  सहकार्य, नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा राेल्पाकाे समन्वय र द फ्रेद हलाेज फाउन्डेसन अस्ट्रेलियाकाे सहयाेग र भूमे गाउँपालिकाकाे आयाेजनामा ग्रामीण आँखा केन्द्रकाे स्थापना गरिएकाे भूमे गाउँपालिकाले जनाएको छ।

भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले भूमेली नागरिकलाई बाहिरी जिल्ला गएर उपचार गर्ने बाध्यता अन्त्य हुने बताउनुभएको छ।भूमे गाउँपालिकाकाे नागरिकले मात्रै नभएर जिल्ला भरका नागरिकहरु वृद्धवृद्धा देखि बालबालिकाले प्रत्यक्ष लाभ ग्रामीण आँखा उपचार केन्द्रबाट सेवा ल्याउन सक्ने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार गाउँपालिकाका विभिन्न वडामा दृष्टि समस्या भएका नागरिकहरूको संख्या धेरै रहेकाे बताउनुभयो । आँखा उपचार केन्द्रले सुरुवाती चरणमा सिमित सेवा प्रदान गर्ने भए पनि भविष्यमा अपरेशन तथा थप सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठल बताउनुभयाे।

भूमे ग्रामिण आँखा केन्द्रमा उपचार गर्दा नयाँ नाम दर्ताकाे लागि रू ५०, पुरानो नाम दर्ताकाे लागि रू ४०, आकस्मिक सेवाको लागि नाम दर्ता १ सय ५०, आँखामा भएको बाह्य बस्तु निकालेमा रू १ सय र सामान्य शल्यक्रियाकाे लागि रू ५ सय लाग्ने भूमे ग्रामिण आँखा केन्द्रका नेत्र सहायक हिरा बस्नेतले जानकारी दिनुभएको छ।

भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको भूमे ग्रामिण आँखा केन्द्र रूकुम पूर्वको उद्घाटन कार्यक्रममा उपाध्यक्ष सविना बुढा मगर, गाउँपालिकाका संस्थापक अध्यक्ष रामसुर बुढा मगर, जिल्ला सामुदायिक आँखा केन्द्र लिबाङ राेल्पाका अध्यक्ष नैलसिंह पुन, प्रमुख प्रशासकीय अधिकृत देवीलाल बि.क., वडा अध्यक्षहरू, रेडक्रस रूकुम पूर्वका प्रमुख, सिस्ने शिक्षा क्याम्पसका प्रमुख, गाउँपालिकाका शाखागत प्रमुखहरू, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमकाे सहजीकरण भूमे गाउँपालिकाकाे स्वास्थ्य शाखा संयोजक उपेन्द्र यादवले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार