रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रेड पाण्डा संरक्षण परियोजना अन्तर्गत जिल्ला स्तरीय प्रारम्भिक गोष्ठी सम्पन्न भएको छ। रेड पाण्डा नेटवर्क र हुरेड कार्स नेपालको साझेदारीमा सञ्चालित समुदायमा आधारित रेड पाण्डा संरक्षण परियोजना–२ अन्तर्गत आयोजित कार्यक्रममा रेड पाण्डाको संरक्षण, चोरी शिकारी नियन्त्रण, जनचेतना अभिवृद्धि, अनुसन्धान तथा बासस्थान व्यवस्थापनका विषयमा छलफल गरिएको हाे।
जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेगबहादुर श्रेष्ठले रेड पाण्डा संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।जलवायु परिवर्तनका कारण बासस्थानमा असर परेको भन्दै निन्गालाका जंगलहरू विस्तार गर्न आवश्यक रहेको जिसस प्रमुखले बताउनुभयाे।
यस्तै डिभिजन वन कार्यालयका प्रमुख गणेश बहादुर खड्काले संरक्षण अभियानमा सूचना प्रवाह र प्रचारप्रसारको भूमिका महत्वपूर्ण रहने बताउनु भएको छ।।
उक्त कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम, जिल्ला प्रहरी प्रमुख माधवराज खरेल, शसस्त्र प्रहरी बलका गुल्मपति विकास भक्त श्रेष्ठ, प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी जीवन कुमार खड्का, कृषि तथा पशुपन्छी विकास कार्यालय प्रमुख डिलीराज पौडेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।














प्रतिक्रिया दिनुहोस्