रुकुमपूर्व। काठमाडौँबाट रुकुमकोटतर्फ आउँदै गरेको घोडाघोडी समितिको यात्रुबाहक बस (प्रदेश ३-०१-००५ ख ९५४२) मा अन्दाजी ५०–५५ वर्षीय एक पुरुष बेहोस अवस्थामा फेला परेका छन्।
बसको टिकट अनुसार B१ नम्बर सिटमा बसेका ती व्यक्ति गन्तव्यतर्फ पुग्न नपाउँदै उनकाे मृत्यु भएको जिल्ला अस्पताल रुकुमपूर्वले जनाएको छ।
बसमा सवार अन्य यात्रुहरूले उहाँलाई लामो समयसम्म अचेत अवस्थामा देखेपछि चालक र सहचालकले प्रहरीलाई खबर गरेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिम बहादुर केसील बताउनुभयो । बेहाेस अबस्थामा रहेका उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल रुकुम (पूर्व) रुकुमकोट पुर्याइए पनि चिकित्सकहरूले दिउसो १२:२० बजे मृत घोषणा गरेका हुन्।
हाल मृतकको नाम, थर र स्थायी ठेगाना खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक हिमबहादुर केसीले जानकारी दिएका छन्।
















प्रतिक्रिया दिनुहोस्