२०८३ साउन १३ गते बुधवार

होली खेल्दा होश गर्नुहोस्, नत्र  कार्वाही भाेग्नु पर्ला




जिल्ला प्रशासन कार्यालय रूकुमपूर्वले होली पर्व सभ्य, सुरक्षित, र मर्यादित रूपमा मनाउन आग्रह गरेकाे छ।कानुनविपरीतका गतिविधिमा संलग्न हुनेहरूलाई कारबाही गर्ने चेतावनी समेत  दिएको हाे।

जिल्ला प्रशासन कार्यालयका प्रजिअ रुद्रप्रसाद न्याैपानेकाे अनुसार कसैको इच्छा विपरीत रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने, बाटो छेकेर बटुवालाई दुःख दिने, सवारी साधन रोकेर रकम असुल्ने, मादक पदार्थ सेवन गरेर उच्छृङ्खल गतिविधि गर्ने जाेहाे काेही ब्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने बताउनुभएको छ।

भाेली २९ गते बिहीबार पहाडी जिल्लामा र चैत्र १ गते शुक्रबार तराईका जिल्लामा होली पर्व मनाइँदैछ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार