अखिल (क्रान्तिकारी) ले जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डिएसपी माधव प्रसाद खरेललाई बर्दी खोलेर राजनीति गर्न सुझाव दिएको छ। आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीका क्रममा रुकुम (पूर्वी) को सिस्ने शिक्षा क्याम्पसमा भएको छलफलमा खरेलले पदीय मर्यादाभन्दा बाहिर गई अमुक राजनीतिक दलको प्रवक्ताको भूमिका खेलेको भन्दै अखिल (क्रान्तिकारी) ले कडा आपत्ति जनाएको छ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष सन्दीप पुनले डिएसपी “खरेलजीको क्षमता शान्ति र सुरक्षामा भन्दा पनि राजनीतिमै उपयुक्त देखियो। त्यसैले उनलाई एमालेको टिकट लिएर चुनाव लड्न सुझाव दिएका छौँ उपाध्यक्ष पुनले भने “
अखिल (क्रान्तिकारी) का पूर्व उपाध्यक्ष तथा माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधि केशव रावलले डिएसपी खरेललाई सत्ता, भत्ता, झण्डाकाे आडमा भएको सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै दिएका छन्।
प्रहरी प्रशासन विद्यार्थी राजनीतिमा संलग्न हुन मिल्दैन भन्ने तर्क गर्दै अखिल (क्रान्तिकारी) ले खरेललाई तत्काल बर्दी खोल्न र खुल्ला राजनीतिक मैदानमा आउन चुनौती दिएको छ।
याे विज्ञप्ति हेर्नुहाेस











प्रतिक्रिया दिनुहोस्