२०८३ साउन १३ गते बुधवार

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्व द्धारा पत्रकार भेटघाट, के के भयाे फाुगन भर सम्पूर्ण पुर्णपाठ



जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले मासिक पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार प्रहरी कार्यालयले फागुन महिना भरिको गतिविधि सार्वजनिक गरेको हो । जसमा प्रहरी नायब उपरीक्षक तथा डिएसपी माधवराज खरेलले फागुन महिना भरि भए गरेका गतिविधि प्रस्तुत गर्नुभएको थियो ।

जसमा फागुन महिनामा विभिन्न शिर्षकमा गरि ७ वटा मुद्दा दर्ता भएकोमा दुईवटा मुद्दा फछ्र्यौट भएका छन् भने ५ वटा मुद्दा फछ्र्यौट हुन बाँकी छन् । त्यस्तै फागुन महिनामा रुमालबारामा नाबालिका जबर्जस्ती करणीको केशमा पक्राउ गरि मुद्दा चलाइएको छ । भने ५ वर्ष पछि फरार प्रतिवादीलाई फागुनमा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

फागुनमै प्रहरीले बहुविवाह गरेको एक व्यक्तिलाई पक्राउ गरेको छ । विभिन्न पाँच चेक पोस्टबाट ट्राफिक प्रहरीले फागुनमा २ सय ८० सवारीसाधनलाई कारबाही गरेको छ भने यसबाट ट्राफिक प्रहरीले २ लाख ८१ हजार राजस्व संकलन गरेको छ । प्रहरीले १ सय ४३ ठाउँमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेकोमा त्यसबाट ३ हजार ७ सय ७५ जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक रहेको छ ।

त्यस्तै प्रहरीले विभिन्न १६ शिर्षकमा रही समुदाय स्तरमा सामुदायिक कार्यक्रमहरू २ सय ६ पटक गर्दा ४ हजार ६ सय ९४ जना लाभान्वित भएको डिएसपी माधवराज खरेलले प्रस्तुत गर्नुभएको विवरणमा उल्लेख छ । त्यस्तै फागुन महिनाभित्र नागरिकता सर्जमिनको काम ३४ वटा, आगलागीको घटना ५ वटा, भि आई पी सुरक्षा २ ओटा, होली बिशेष कारबाहीमा २५ सवारीसाधन कारबाहीमा पर्दा २९ हजार ५ सय राजस्व संकलन भएको छ । फागुन महिनामा प्रहरीले अनुमानित ५ हजार १ सय ७५ किलोमिटर गस्ती गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा ८८ वटा फोन आएकोमा ८८ वटै फोन प्रहरीले रिसिभ गरेको छ ।

त्यसैगरी महिला तथा बालबालिका सम्बन्धी ८ वटा उजुरी परेकोमा ७ वटा मेलमिलाप भएको छ भने एउटा उजुरीको मेलमिलाप हुन बाँकी रहेको छ । घरेलु हिंसा सम्बन्धी ४ वटा उजुरी मध्य ३ वटा मेलमिलाप भैसकेको छ भने एउटा मेलमिलाप हुन बाँकी रहेको छ । महिला बालबालिका सम्बन्धी सिस्ने गाउँपालिकामा ४, भूमे गाउँपालिकामा २ र पुथा उत्तरगंगा गाउँपालिकामा २ उजुरी परेको छ । घरेलु हिंसाको प्रकृति अनुसार उजुरीको जम्मा संख्या ७ सहमतिको संख्या ६ रहेको छ भने १ उजुरीमाथि सहमति हुन बाँकी रहेको छ । तीन जना महिला तथा बालबालिका हराएकोमा दुईजनालाई प्रहरीले फेला पारेको छ । भने ८ वटा ठाडो उजुरी परेको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार