२०८३ कार्तिक १२ गते बुधवार

रुकुमपूर्वकाे ८ परीक्षा केन्द्रमा ११ सय ९५ जना विद्यार्थीले माद्यामिक तह एसइई दिदै



लुम्बिनी प्रदेशकाे हिमाली रुकुमपूर्वमा यसवर्ष ११ सय ९५ जना विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । जसमा महिला ६ सय २१ र पुरुष ५ सय ७४ जना विद्यार्थी गरी जम्मा ११ सय ९५ जना विद्यार्थीले माद्यामिक तह एसइई परीक्षा दिने भएका हुन् ।

जिल्लाकाे तीन स्थानीय तह सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिका भित्रका ८ वटा परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतले जानकारी दिएका छन्।साेम्बार जिल्ला प्रशासन कार्यालयमा बैठक बस्दै जिल्ला भित्र रहेका ८ वटै परीक्षा केन्द्रमा केन्द्रध्यक्ष तोकिएको इकाई प्रमुख गौतमले जानकारी दिए ।

यस्तै ग्रेड वृद्धि तर्फ विद्यार्थीहरुको हकमा एक मात्र परीक्षा केन्द्र हुने भएको छ। जिल्लाकै एक नमूना विद्यालय रूक्मिणी माद्यामिक बिद्यालयमा ग्रेड वृद्धिको लागि केन्द्र तोकिएको छ।भने विद्यालयका प्रधानाध्यापकरूलाई केन्द्रध्यक्षको नियुक्ति पत्र समे दिएकाे छ।

यस्तै रूक्मिणी माद्यामिक बिद्यालयबाट चन्द्र बहादुर मल्ल , त्रिभुवन जनता माद्यामिक विद्यालय छिप्रीदहबाट मदन कुमार गौतम, हिमाल माद्यामिक बिद्यालयबाट पूर्ण बहादुर बोहोरा, जनता माद्यामिक बिद्यालय पोखराबाट कलु खड्का, जनजागृति माद्यमिक विद्यालय महतबाट सुदिप श्रेष्ठ, शहिद शुक्र माद्यामिक बिद्यालय सीमाबाट अनिलकुमार आचार्य, कोट माद्यमिक विद्यालय रुमालबराबाट सरद चन्द्र समाल र महेन्द्र माद्यामिक बिद्यालय तकबाट राजधन घर्ती नियुक्त भएका छन्।

उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको अध्यक्षतामा सुरु भएको थियो भने जिल्ला समन्वय समितिका उपप्रमुख मोहन बहादुर के.सी.को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु, परीक्षा केन्द्रका केन्द्रध्यक्षहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियाे।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते सोमवार