२०८३ साउन १३ गते बुधवार

पुथा ११ मा बजार अनुगमन: ६ हजार भन्दा रकमकाे   म्याद गुज्रिएको सामान नष्ट



रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ सेरा बजारमा  अनुगमन गरिएको छ। अनुगमन गर्ने क्रममा  ६ हजार ७ सय ३५ रुपैयाँ बराबरको म्याद गुज्रिएको सामान नष्ट गरिएको हाे।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व  र गाउँपालिकाको समन्वयमा सहायक प्रमुख जिल्ला अधिकारी जीवन कुमार खड्काको नेतृत्वमा अनुगमन टोलीले तल्लो सेरा र उपल्लो सेराका होटल तथा पसलहरू अनुगमन गरेको हाे। अनुगमनका क्रममा विशेष गरी चटपटे, चाउमिन र होटलहरूमा प्रयोग हुने अजिनोमोटो १ हजार २० रुपैयाँ बराबरकाे  म्याद गुज्रिएका सामान भेटिएकाे हाे।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी खड्का, वडा अध्यक्ष कुमार सिंह, कृषि शाखा प्रमुख ओम प्रकाश ओली, प्रहरी सहायक निरीक्षक मान बहादुर घर्ती, योजना शाखा प्रमुख सबिना भाट, प्रहरी हवल्दार हरि बहादुर ओली, पत्रकार महासंघका सस्थापक अध्यक्ष मैत्या  लगायतको उपस्थिति थियो।बजार अनुगमनको मुख्य उद्देश्य उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउनु रहेको अनुगमन टोलीले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार