२०८३ बैशाख ३ गते बिहिवार

चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदुरको मृत्यु एक घाईते चालक फरार



रुकुमपश्चिम चौरजहारी नगरपालिका –१ मा लु. प्र. ०३–००१ क ००२७ नम्वरको मिनि ट्रकले बोकेको मार्वल र सिमेन्टले च्यापिएर ट्रकमै बसेका दुई कामदार मध्य एक कामदारको मृत्यु भएको छ।भने एक घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार मृत्यु हुनेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका –१ का २४ वर्षीय देवचन्द्र सार्की रहेका छन् । सोहि नगरपालिका –६ का २१ वर्षीय मन्दिर सार्की भने घाईते रहेको पाठकले जानकारी दिनुभयाे।प्रहरीकाे अनुसार उक्त ट्रकको पछाडिको भागमा मार्वलसँगै दुई कामदारहरु चढेकाे बताएको छ। ट्रकको वरिपरीको भागमा बाँधेर ल्याईएको र मोडमा मार्वल बाँधेको डोरी चुडिएपछि बिचमा बसेका दुई मजदुर च्यापिएका जानकारी पाठकले दिनुभयाे ।

चौरजहारीबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छ भने सुर्खेतको गुर्भाकोट नगरपालिका ११ निवासी चालक विकास सुनार फरार रहेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार