२०८३ साउन १३ गते बुधवार

साल्ट ट्रेडिङ बागलुङद्वारा महेन्द्र माविमा जनचेतनामूलक कार्यक्रम गरियाे



रुकुमपूर्व । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बागलुङले रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालिका-१० स्थित महेन्द्र माध्यमिक विद्यालय तकमामा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै ४० जना विद्यार्थीलाई झोला र भेस्ट वितरण गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिक थिए भने अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष मैत्या घर्ती ले गरेका थिए। साल्ट ट्रेडिङ बागलुङका प्रमुख मनोज कुमार श्रेष्ठकाे अनुसार, विद्यार्थीहरूलाई अध्ययनप्रति प्रोत्साहित गर्न र जनचेतना अभिवृद्धि गर्न साे कार्यक्रम विद्यालयसँग समन्वय गरेर आयोजना गरिएको जानकारी दिनुभयाे।

उक्त  कार्यक्रमले विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदै अध्ययनमा प्रोत्साहन गर्नुका साथै आयोडिनयुक्त नुनको उपयोगबारे जानकारी गराइएको विद्यालय ब्यबस्थापन समितका अध्यक्ष पत्रकार महासंघका सस्थापक अध्यक्ष मैत्या घर्तीमगरले जानकारी दिनुभएको छ।

कार्यक्रममा साल्ट ट्रेडिङ स्याङ्जा वालिङका प्रमुख लाल बाबू शाह, अधिकृत मोतीलाल पौडेल, लेखा तथा व्यवस्थापन सहायक अर्पणा श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक राजधन घर्ती लगायतकाे उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार