रूकुमकाेट : सिस्ने गाउँपालिकाको आयोजना तथा भूमे गाउँपालिका, पुथा उत्तरगंगा गाउँपालिका र स्वास्थ्य कार्यालय रूकुम पूर्वको समन्वयमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। नेपाल जनजागरण मञ्च र यु.एम.एन. रूकुम पूर्व क्लस्टरको आर्थिक तथा प्रविधिक सहयोगमा सञ्चालन भएको उक्त निशुल्क स्वास्थ्य शिविरमा मानसिक स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श सेवा, निशुल्क औषधि वितरण र सामान्य स्वास्थ्य परीक्षण जस्ता सेवा प्रदान गरिने नेपाल जनजागरण मञ्चका कार्यक्रम संयोजक तथा मनाेविद् रूकुम टमटाले जानकारी दिनुभएको छ ।
शिविर उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रूकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठले जिल्लामा पछिल्लो समय सबैले खुलेरै आफ्नो समस्या राख्ने बानीकाे विकास भएकाले त्यो राम्रो पक्ष भएको बताउनुभएको छ । प्रमुख श्रेष्ठले मानसिक स्वास्थ्य समस्या भएको मान्छेहरू रूकुम पूर्वमा पनि धेरै भेटिएको बताउनुहुदै याे समस्यालाई धेरै ठुलो समस्याकाे रूपमा हेर्नु भन्दा समस्या समाधान कसरी गर्ने भनेर खाेजी गर्ने बानीकाे विकास गर्न जरुरी रहेको र त्यसले धेरै हदसम्म समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीकाे अध्यक्षतामा सुरु भएको निशुल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति रूकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठ रहनुभएकाे थियो । भने भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठकाे विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै शिविरमा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, नेपाली कांग्रेसका कार्यवाहक सभापति भीम बहादुर खड्का, जनजागरण मञ्च रूकुम पश्चिमका अध्यक्ष टेक बहादुर कुसारी, यु.एम.एन. रूकुम पूर्व क्लस्टरका टिम लिडर शिव प्रसाद अधिकारी, सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकी, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिम बहादुर केसी, नेपाल पत्रकार महासंघका सचिव निराजन सिर्पाली लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन उर्मिला गौतमले गर्नुभएको थियो ।
निशुल्क स्वास्थ्य शिविरले स्थानीय बासिन्दाहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।।
















प्रतिक्रिया दिनुहोस्