२०८३ साउन १३ गते बुधवार

संयुक्त दलित सेवा समाजद्वारा १ महिने आरन सीप तालिम सम्पन्न



रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-५ मा संयुक्त दलित सेवा समाज, रुकुम पूर्वद्वारा आयोजित एक महिने आरन सीप तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै संस्थाले यस तालिमले उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने र आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गरेकाे बताएकाे छ। तालिममा सहभागीहरूले फलामजन्य सामग्री बनाउन, सुधार गर्न र परम्परागत आरन सीपलाई आधुनिक प्रविधिसँग जोड्ने ज्ञान हासिल गरेकाे बताएका छन्।

यस्तै तालिममा सहभागी प्रशिक्षार्थीहरूले प्राप्त सीपलाई भविष्यमा आयआर्जनको माध्यम बनाउने योजना रहेको बताए। उनीहरूले यस्ता तालिम निरन्तर सञ्चालन भएमा स्थानीय युवाहरूले रोजगारीका अवसर पाउने र गाउँमै आत्मनिर्भर बन्न सक्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार