२०८३ साउन १२ गते मङ्गलवार

रुकुम पुर्वमा ६८ औं राष्ट्रिय सहकारी दिवस भव्यतासाथ मनाइयो



हिमाली जिल्ला रुकुमपूर्वमा ६८ औं राष्ट्रिय सहकारी दिवस भव्य समारोहका साथ मनाइएको छ। जिल्ला भर रहेका सहकारी संघहरुले सहकारीको महत्त्व र यसको विकासका लागि योगदानको वारे चर्चा गर्दै मनाएका छन्।राष्ट्रिय सहकारी दिवसकाे अवसरमा सहकारीहरूको सामाजिक, आर्थिक र राष्ट्रिय विकासमा भएको योगदानलाई उच्च मूल्यांकन गर्दै सबैलाई सहकारीको प्रवर्धन गर्न आह्वान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रुकुमपूर्वका उप- प्रमुख मोहोनबहादुर के.सीले सहकारीले स्थानीय स्तरमा रोजगार सृजनामा, कृषि र पशुपालनका क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएकोमा प्रसंसा गर्नुभयाे।
सामाजिक सुरक्षा र वित्तीय समावेशीतामा सहकारीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै, आगामी वर्षहरूमा यस क्षेत्रको प्रगतिको लागि थप योजना र पहलहरू अघि बढाउन शुभकामना दिनुभएको छ।

उक्त कार्यक्रमकाे अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष बसन्त कुमार श्रेष्ठले सहकारी संस्थाहरूका सफलतासँगै, विभिन्न चुनौतीहरू खेप्नुपरेको बताउनुभयो ।आगामी दिनमा भएका चुनाैतीहरुलाई समाधान गर्न सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेकाे अध्यक्ष श्रेष्ठले बताउनुभयाे। विशेषगरी, वित्तीय व्यवस्थापन र सदस्यहरूको सक्रिय सहभागिता अभिवृद्धि गर्न तालिम र कार्यशालाहरूको आयोजना गरिने बताउनुभयो ।

जिल्ला सहकारी संघका अध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको थियो। प्रमुख अतिथि जिल्ला समन्वय समिति रुकुमपूर्वका उप- प्रमुख मोहोनबहादुर के.सी.काे रहेकाे थियो । सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख डिल्लीराज पौडेल र डिभिजन वन कार्यालयका प्रमुख गणेश खड्का लगायत विशिष्ट अतिथिहरूको पनि सहभागिता थियो।

यस्तै कार्यक्रममा सहकारीका विभिन्न संस्थाका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघ रुकुमपूर्वका अध्यक्ष केबेन्द्र गौतम, रुक्मिणी बचत तथा ऋण सहकारीका अध्यक्ष तथा सिस्ने शिक्षा क्याम्पसका प्रमुख तीब्र गौतम, नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अध्यक्ष बसन्त वाँठा मगर लगायतका अन्य सदस्यहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बुधवार