२०८३ साउन १३ गते बुधवार

सिस्ने शिक्षा क्याम्पसमा लागू औषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरियाे



जिल्लाकाे मात्रै सिस्ने शिक्षा क्याम्पसमा लागू औषध दुरुपयोग नियन्त्रण सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।

प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार लागू औषध प्रयोगमा अधिकांश विद्यार्थी संलग्न हुने भएकाले जनचेतना अभिवृद्धि विद्यार्थीस्तरबाटै सुधार गर्न जरुरी रहेको बताउनुभयाे। उपरीक्षक खरेलले लागू औषधको ओसारपसार र सेवनमा संलग्न जो–कोहीलाई प्रहरीको टोल–फ्रि नम्बर १०० मा खबर गर्न आग्रह गर्नु भएको छ। साथै उहाँले दोषीलाई १० वर्षसम्म कैद र २० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको जानकारी दिनुभएकाे हाे।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले लागू औषधको सेवनले व्यक्तिगत मात्र नभई समाजमा समेत नकारात्मक असर पार्ने भएकाले यसबाट जोगिन र अरुलाई पनि सचेत गराउन विद्यार्थीहरूलाई आग्रह गर्नु भएको हाे।

उक्त कार्यक्रमको अध्यक्षतामा सिस्ने शिक्षा क्याम्पस प्रमुख तीव्र गौतमले गर्नुभएकाे थियाे।भने प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी न्यौपाने र विशेष अतिथि नायब उपरीक्षक माधव खरेल रहेका थिए। कार्यक्रममा शिक्षक, विद्यार्थी लगायतको सक्रिय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार