रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ सुद्रीका २८ वर्षीय अर्जुन घर्ती डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका छन्।सल्लेरी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा माथिबाट खसेको ढुंगाले टाउकोमा लाग्दाघर्ती गम्भीर घाइते भएका हुन्।
घाइते घर्तीलाई सडक सञ्जाल नहुँदा करीब दुई घन्टा स्टेचरमा बोकेर स्थानीयले जिल्ला अस्पतालसम्म पुर्याएकाे स्थानीय तिलकराज रसाइली जानकारी दिए।“सडक सुविधा नभएको ठाउँमा घाइते बोक्न निकै गाह्रो भयो, तर स्थानीयको सहयोगमा अस्पताल पुर्याउन सफल भयौं,” स्थानीय तिलक राज रसाइलीले बताए।
घाइते घर्तीलाई सुरुआतमा रुकुम पूर्व जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। तर टाउकोमा गम्भीर चोट लागेको पुष्टि भएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला अस्पताल रुकुम पूर्वका प्रमुख जितेन्द्रराज कोइरालाले जानकारी दिनुभयाे। “उहाँको टाउकोमा गम्भीर चोट छ,अवस्था चिन्ताजनक भएकाले तत्काल नेपालगन्ज रिफर गरिएको कोइरालाले बताए छन्।
डढेलो अझै नियन्त्रणमा आएको छैन।आगलागी फुलबारी सामुदायिक वन, सल्लेरी, जुरलाङ, बल्दजुरे र दत्कुना लगायतका बस्तीहरू नजिक पुगेको छ।स्थानीय,सुरक्षाकर्मीहरू आगो नियन्त्रणमा जुटिरहेका छन्।
















प्रतिक्रिया दिनुहोस्