रूकुम पूर्व / पूर्वी रूकुमको कला, संस्कृति, पर्यटन तथा कृषि व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको “पूर्वी रूकुम सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/०८२” आज मङ्गलबारदेखि सुरु हुन लागेकाे छ। महोत्सव सिस्ने गाउँपालिका –६ छिप्रिदहस्थित रूकुमकोटमा सञ्चालन हुन लागेकाे हाे।
अठाले ग्रुप प्रा.लि. को आयोजनामा तथा सिस्ने गाउँपालिकाको प्रवर्द्धनमा महोत्सव चैत २६ गतेदेखि २०८२ वैशाख १० गतेसम्म चल्नेछ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ भने स्थानीय उत्पादनहरूको प्रदर्शनी, कृषि मेलासँगै व्यापार प्रवर्द्धनका कार्यक्रमहरू महोत्सवका प्रमुख आकर्षण हुने आयोजकले जनाएका छन्।
प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार














प्रतिक्रिया दिनुहोस्