पूर्वी रूकुमको सांस्कृतिक, पर्यटन, कृषि र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले जारी रहेको “पूर्वी रूकुम सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव” ले थप रौनकता थपिएको छ। भोली २८ गते चर्चित गायक श्याम राणाको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएकाे छ।
लोक तथा दोहोरी गीतका सुपरहिट गायक राणाले आफ्नो लोकप्रिय गीतमार्फत दर्शकलाई झुमाउने कार्यक्रम तय गरिएको छ।महोत्सवले पूर्वी रूकुमको समृद्ध सम्भावनालाई उजागर गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन, मौलिक संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
महोत्सवमा स्थानीय कृषकका उत्पादनहरू, घरेलु तथा लघु उद्यमका सामग्री, हस्तकलाका वस्तुहरू र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने आयाेजकले जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २७ गते बुधवार














प्रतिक्रिया दिनुहोस्