२०८३ साउन १४ गते बिहिवार

सुत्केरी ब्यथा लागेका २१ वर्षकी उर्मिलालाई हेलि मार्फत सुर्खेत रिफर



हिमाली जिल्ला रुुकुमपूर्वमा स्वास्थ्य सेवा भरपुर नहुदा विरामी जिल्ला बाहिर गएर उपचार गर्न बाध्य भएका छन।यसै बिच सिस्ने गाउँपालिका वडा नं.५ रुमालबारा कि उर्मिला नेपालीलाई कर्णाली प्रदेशकाे प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको छ।

हिजाे साझ देखि सुत्केरी व्यथाले ग्रस्त भएर जिल्ला अस्पतालमा भर्ना भए कि उर्मिलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको हाे।

२१ वर्षीया उर्मिलाकाे पेटमा जुम्लिया बच्चा भएकाे र बच्चा कम ताैल भएको कारण बच्चालाई आईसियुमा राख्नुपर्ने हुदाँ तत्काल सुर्खेत रिफर गरिएकाे जिल्ला अस्पताल रुकुमपूर्वका नर्सिङ निरिक्षक विष्णु कुमारी पन्तले जानकारी दिनुभएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १ गते सोमवार