रूकुमपूर्व, आज दिउँसो परेको हावाहुरी र चट्याङका कारण रूकुम पूर्वको भूमे गाउँपालिका–५ डालिबाङमा दुई जना घाइते भएका छन्।
५१ वर्षीय काले बुढा चट्याङ लागेर ढाड र पेटमा चोट लागेपछि उनलाई स्थानीय सामुदायिक स्वास्थ्य इकाईमा प्राथमिक उपचार गरिएकाे डालिवाङ स्वास्थ्य ईकाईका ईन्चार सन्ताेष ओलीले जानकारी दिनुभयाे।
ईन्चार ओलीकन अुनसार गम्भीर देखिएकाले उनलाई थप उपचारका लागि जिल्ला अस्पताल रूकुमकोट रिफर गरिएको छ। त्यस्तै, ४७ वर्षीया मञ्जिरा बुढा हात र खुट्टामा सामान्य चोट लागेकाे छ। प्राकृतिक विपत्तिको बेला घर बाहिर रहेका उनीहरू अचानक परेको चट्याङको चपेटामा परेका थिए।
प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार











प्रतिक्रिया दिनुहोस्