नेपाल तेक्वान्दो संघद्वारा पहिलोपटक आयोजित कुकिवन कप 2025 मा रुकुम पूर्वका बसम मल्लले कास्य पदक जितेका छन्। २०८२ सालको वैशाख ४ गतेदेखि ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा सुरु भएको प्रतियोगितामा उनले ३०–४० वर्ष उमेर समूहको पावर ब्रेकिङ विधामा प्रतिस्पर्धा गर्दै १२ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै तेस्रो स्थान हासिल गरेका हुन्।
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वबाट आएका मल्ल उत्तरगंगा तेक्वान्दो डोजाङका प्रशिक्षक पनि हुन्। दुर्गम र विकट क्षेत्र मानिने ठाउँबाट उनले खेलकुदमार्फत राष्ट्रिय स्तरमा पहिचान बनाउँदै जिल्लालाई चिनाउँदै आएका छन्।
कुकिवन कप मार्शल आर्ट्सको प्रतिष्ठित प्रतियोगिता हो, जसमा नेपालभरिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले विभिन्न उमेर समूह र विधामा प्रतिस्पर्धा गरेका थिए। नेपाल र कोरियाबीचको दौत्य सम्बन्ध तथा तेक्वान्दो खेलको विकासलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।













प्रतिक्रिया दिनुहोस्