२०८३ कार्तिक १२ गते बुधवार

हुम्लामा वृद्वा भत्ता लिन दुईदिन प‌ैदल यात्रा



 हुम्ला- ताजाँकोट गाउँपालिका-३ मासपुरका जोख्या बुढा उमेरले ७५ वर्षका काटिसकेका छन।  उनलाई गाउँघरमै हिडडुल गर्न सारै कठिन हुने गर्छ।तर वृद्वा भत्ता सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनको  यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। 

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैकमार्फत वितरण गर्न थालेपछि ताजाँकोट गाउँपालिका-३ दिनको मासपुर गाउँबाट दुई दिनको पैदल यात्राबाट ताजाँकोट गाउँपालिका केन्द्र छप्रेला पुग्नु पर्ने बाध्यता रहेको बुढाले गुनासो गरे। उनका अनुसार घरबाट बिहानै हिडेपछि जसोतसो मैतारना, र पुमा भन्ने स्थानसम्म पुगिन्छ पछिल्लो दिन गाउँपालिका केन्द्र पुग्न ठिक्क हुन्छ बुढाले भने। झण्डै चार दिन समय खर्चिनुपर्छ बैकबाट अरूलाई भत्ता दिदैन आफै पुग्नु पर्छ बुढाको दुखेसो छ।

यस्तै गरि मासपुरकै घिरकला रोकाया उमेरले ७० वर्षकी छन।  उनीपनि गाउँमै हिडडुल गर्न कठिन छ एक पटक छोरा केशबहादुर रावकायाले बोकेर गाउँपालिका केन्द्र पुगाएर सामाजिक सुरक्षा भत्ता बैकबाट झिकेको बताइन। बैकबाट सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेपछि गाउँबाट गाउँपालिका केन्द्र सम्म पुग्न निकै गाहो हुने गरेको रोकायाको भनाई छ। अर्की डेढुकला बुढा ८० वर्षियकी छिन। बैकबाट सामाजिक सुरक्षा भत्ता लिने भएपछि गाउँपालिका केन्द्र पुग्न मुस्किल हुने गरेको बताइन। २५ घरघुरी रहेको मासपुर गाउँका झण्डै १२/१४ जना वृद्ववृद्वालाई सामाजिक सुरक्षा भत्ता लिन समस्या हुने गरेको मासपुर गाउँका केशबहादुर रोकायाको भनाई छ। 

यस्तै गरि हुम्लाको चंखेली गाउँपालिका -५ नेप्का गाउँपालिका वृद्ववृद्वाहरूलाई पनि सामाजिक सुरक्षा भत्ता बुझ्न एकदिनको पैदल यात्रापछि गाउँपालिको केन्द्र  पिप्लाङ पुग्न बाध्यता भएको छ।  गाउँबाट बिहानै उठेपछि बल्लतल्ल गाउँपालिका केन्द्र पिप्लाङ  पुग्नु पर्न बाध्यता भएको चंखेली गाउँपालिका-५ का गोर्या तामाङले बताए। तीन दिन समय छुट्याएर भत्ता बुझ्नुपर्छ उनले बताए।

 ६५ घरधुरी वृद्ववृद्वाहरू एकदिनको पैदल पछि गाउँपालिका केन्द्र पिप्लाङ पुग्न बाध्य छन। यातायातकाव पहुँच त कहाँ गोरेटो बाटोसम्म पनि आउजाउ समस्या रहेको स्थानीय दानबहादुर तामाङले बताए। सूरूका वर्षहरूमा सामाजिक सुरक्षा भत्ता सचिवहरूबाट अनियमितता गरेको भन्दै नेपाल सरकारले बैकमार्फत भत्ता वितरण गर्न भएपछि हुम्लाका अधिकाश पालिकाहरूले बैकबाट सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेका छन।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार