येशु ख्रिष्टको पुनरुत्थान ऐतिहासिक रुपमा सत्य प्रामाणित भएको छ ख्रिष्टियन विश्वासका अनुसार मात्र नभएर विभिन्न तथ्यले यो प्रामाणित गर्छ कि येशु ख्रिष्ट संसारमा साच्चिकै आउनु भयो , क्रुसमा मर्नु भयो र मृत्युलाई पनि जित्नु भयो जसलाई पुनरुत्थान भनिएको हो । येशुको पुनरुत्थान सुसमाचार को केन्द्रिय सत्यताहरुमध्ये एक हो (१कोर१५:१-८) उहाँमा विश्वास गर्नेहरुका निम्ति ख्रिष्टको पुनरुत्थानको के महत्त्व छ?
१) यसले उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ भनि प्रमाणित गर्छ (युह१०:१७-१८;रोम १:४ )
२) यसले उहाँको उद्वारात्मक मृत्युको प्रभावकारितालाई प्रत्याभुति गर्छ (रोम ६:४;१ कोर १५:१७)
३) यसले पवित्रशास्त्रको सत्यतालाई पुष्टि गर्छ (भज १६:१०;लुक २४:४४-४७;प्रे २:३१)
४) प्रभुको आगमनमा तिनिहरुको पुनरुत्थान वा परिवर्तन हुने प्रक्रियाको निश्चयता दिन्छ( युह १४:३;१ थेस ४:१४ )
यस्तै अन्य धेरै महत्त्वहरु छन । उहाँ आफैलाई जिवित प्रस्तुत गर्नुभयो । उहाँ पाच सय भन्दा बढि व्यक्तिहरु कहाँ देखा पर्नु भयो (१ कोर १५:४) चालिस दिन सम्म उहाँ तिनिहरुसंग देखा पर्नु भयो र परमेश्वरको राज्यको बारेमा बताउनुभयो (प्रेरि १:३) र उहाँ स्वर्गमा लगिनुभयो ( प्रेरि ९:११) र एक दिन उहाँ लिनको निम्ति आउनु हुनेछ ( युह १४:३;१ थेस ४:१४ ) यो बाइबलको गवाही हो, कि ख्रीष्ट आफ्ना जनहरुको पापको लागि मर्नु मात्र भएन, तर तेस्रो दिनमा उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। येशू ख्रीष्टको पुनरुत्थान ख्रीष्टियानमतको आधारभूत जग हो। यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता, हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरुको विश्वास पनि व्यर्थ हुन्छ १ कोरिन्थी १५ः१४ । वास्तवमा ख्रीष्टको पुनरुत्थान एउटा ऐतिहासिक तथ्य भएको कारण यसले उहाँले हाम्रो पक्षमा दाबी गर्नुभएका सबै कुरालाई प्रमाणित गर्दछ।
पुनरुत्थान येशू परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुराको प्रमाण हो। यूहन्ना २ः१८–१९ मा, यहूदीहरुका अगुवाहरुले येशूसँग परमेश्वरको मन्दिर शुद्ध पार्ने अधिकार छ भने एउटा चिन्ह देखाउन माग गरे। येशूले तिनिहरुलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र, म तीन दिनमा यसलाई खडा गर्नेछु।” रोमी १ः४ मा पावलले “येशू ख्रीष्ट हाम्रा प्रभु मरेकाहरुबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो” भनी लेखे। यसको अर्थ येशू पुनरुत्थानको समयमा पुत्र हुनुभयो भन्ने होइन, तर पुनरुत्थान येशू परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने पिताको प्रमाणीकरण थियो।

परमेश्वरले प्रत्येक ठाउँमा सबै मानिसहरुलाई पश्चात्ताप गर्न आज्ञा
दिनुहुन्छ, किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्यक्तिद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ। उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरुलाई यसको प्रमाण दिनुभएको छ। प्रेरित १७ः३०–३१ पुनरुत्थानको सुसमाचारले ख्रीष्टियानमत केवल नियमहरुको सूची वा जीवनसम्बन्धी दर्शनशास्त्र मात्र होइन भनेर देखाउँछ। ख्रीष्टियानमत एक बहसको विषय वा मानिसले धारण गर्ने दृष्टिकोण मात्र होइन। ख्रीष्टियानमतको केन्द्रमा जीवित येशू ख्रीष्ट हुनुहुन्छ। प्रभु येशू आज आफ्नो वचनद्वारा, अर्थात् बाइबलबाट बोल्नुहुन्छ र पापीहरुलाई शक्तिशाली रुपमा बचाउनुहुन्छ। के तपाईंले उहाँलाई भेट्नुभएको छ? के उहाँले आफ्नो मृत्यु र पुनरुत्थानको महिमामय उपलब्धिद्वारा तपाईंलाई बचाउनुभएको छ ?
पुनरुत्थानको यस मौसमले तपाईंको ह्रदयलाई आशा, शान्ति र नवीकरण गरिएको विश्वासले भरिदियोस् । उहाँको विजयले तपाईंलाई नयाँ सुरुवातलाई अँगाल्न, उहाँका प्रतिज्ञाहरूमा विश्वास गर्न र उहाँको प्रकाशमा साहसपूर्वक हिँड्न प्रेरित गरोस् । तपाईंको घर हाँसोले भरियोस्, तपाईंको आत्मा कृतज्ञताले भरियोस् र तपाईंका दिनहरू अनगिन्ती आशिष्ले भरिउन् ।
इस्टर एउटा हर्षोल्लासपूर्ण उत्सव हो । यो मृत्युमाथि जीवनको विजयको उत्सव हो । यो एउटा आशाको उत्सव हो । इस्टर जीवनको नवीकरण र झुटको अन्धकारमाथि सत्यको विजय र ज्योतिको प्रतीक हो । इस्टर मानवीय भाइचाराको पर्व हो । शुभ खबर ल्याउनुहुने पुनरुत्थान हुनुभएका हाम्रा मसिहले एउटै जाति, एउटै देश, एउटै भाषा, एउटै कुललाई मात्र छान्नुभएन तर सारा मानवजातिलाई छान्नुभयो । येशु ख्रिष्ट मरणशील मानिसको रूपमा आउनुभए तापनि आफ्नो दुःखकष्ट र क्रुसारोहणद्वारा उहाँले अमरत्व धारण गर्नुभयो ।
तपाईं र तपाईंका प्रियजनहरूलाई इस्टरको शुभकामना छ । “उहाँ यहाँ हुनुहुन्न किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्नुभएको छ” (मत्ती २८:६) ।
अध्ययनका स्रोत :- धर्मशास्त्र , सम्बन्धित अन्य लेखक र तथ्य














प्रतिक्रिया दिनुहोस्