२०८३ कार्तिक १२ गते बुधवार

शिक्षक आन्दोलनबीचै कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने



शिक्षक आन्दोलन जारी रहे पनि कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गरिने भएको छ। सरकारले आवश्यक परे निजामती कर्मचारी खटाएर वैशाख ११ गतेदेखि परीक्षा सुरु गर्ने तयारी गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डको हालै सम्पन्न बैठकमा अधिकांश सदस्यहरूले निजामती कर्मचारी परिचालन गर्न सकिने धारणा राखेका थिए। एक स्रोतले भन्यो, “निजामती कर्मचारीले लोकसेवा आयोगजस्तो ठूलो परीक्षा सञ्चालन गर्न सक्दछन् भने कक्षा १२ को परीक्षा सञ्चालन गर्नु सहज विषय हो।”

बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यालय तथा विद्यार्थीहरूबाट परीक्षा समयमै लिन आग्रह आएको जनाए। उनका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ र आन्दोलनको असर नपरोस् भन्ने सबैको चाहना छ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार