हिमाली जिल्ला रुकुमपूर्व अन्तर्गत पर्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गमा रहेको खाल्डाखुल्डी पुर्ने तथा नाली सरसफाइ गर्ने कार्य अगाडि बढाइएको छ । भूमे गाउँपालिका वडा नम्बर १ लुकुम देखी काँक्री, खाबाङबगर, किमुबोट, जितखोला, दोमही, काडाँबगर, धौलापहिरोसम्म सडकको सुधार भइरहेको मध्यपहाडी लोगमार्ग रुकुमपूर्वका फिल्ड सुभरभाईजर छवी गौतमले जानकारी दिनुभयो ।
रुकुमपूर्व भित्र पर्ने लोकमार्गका विभिन्न खण्डमा पानी जम्ने, खाल्डाखुल्डी बढ्ने तथा सडक छेउका नालीहरू थुनिने समस्याले गर्दा यात्रु तथा सवारी साधन चालकहरूलाई कठिनाइ भइरहेको छ । खासगरी भूमे गाउँपालिका अन्तरगत पर्ने विभिन्न स्थानमा सडकको अवस्था निकै जीर्ण भएकोले स्थानीयले सडकमा घन, झप्पल, घैती, सावेल लिएर सडको सरसफाई कार्य गर्दै आएका थिए ।
सरकारले लोकमार्गको स्तरोन्नति तथा नियमित मर्मत सम्भारका लागि बजेट छुट्याए पनि ठेकेदार तथा निर्माण कम्पनीहरूको लापरवाहीका कारण कतिपय ठाउँमा कार्य ढिलाइ भएको स्थानीयको गुनासोलई ताकेता गरेर जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व र भूमे गाउँपालिकाले पत्रचार गरेसँगै पछिल्लो समय मर्मत कार्य भइरहेको हो ।
मध्यपहाडी कार्यालय दैलेखको अनुसार मुख्य समस्या रहेका स्थानमा खाल्डाखुल्डी पुर्ने, ढल निकास सफाइ गर्ने गरिएको छ । भूमे १ पञ्चासे देखी बागलुङ र रुकुमपूर्वको सिमानासम्म पर्ने १३ किलोमिटर काम गर्न कार्यालयले ताकेता गरेको मध्यपहाडी कार्यालय दैलेख जानकारी दिएको छ ।
सडकमा खाल्डाखुल्डी कारण लामो यात्रु बहाक सवारी साधानलाई निकै कठिन भएको थियो । भने सडक सुधार भएपछि सवारी सञ्चालन सहज हुने नागरिकहरुले बताएका छन् ।















प्रतिक्रिया दिनुहोस्