२०८३ कार्तिक १२ गते बुधवार

रुकुम पूर्वको राष्ट्रिय वनमा भिषण आगलागी: ४० हेक्टर क्षेत्र जलेर नष्ट



भूमे गाउँपालिका–७, मारिङ्गस्थित राष्ट्रिय वनमा आज दिउँसो करिब २ बजे सुरु भएको भिषण आगलागीले ठूलो वनक्षेत्र जलेर नष्ट भएको छ। आगो नियन्त्रणका लागि  स्थानीय बासिन्दाहरू र  नेपाल प्रहरी र  लगायतका टिमले नियन्त्रण गर्न प्रयास गरियाे डिभिजन वन कार्यालय, रुकुमपूर्वका सहायक वन अधिकृत नवराज शाही जानकारी दिनुभयाे।

स्थानीय, वन कर्मचारी र सुरक्षाकर्मीको करिब सात घण्टाको संयुक्त प्रयासपछि राति ९:४५ बजेतिर आगो नियन्त्रणमा ल्याइएको सहायक शाहीले जानकारी दिनुभयाे। आगाे नियन्त्रणकाे टोली अझैसम्म घटनास्थलमै खटिएर पूर्ण नियन्त्रणको सुनिश्चितता गर्न लागिपरेको बताउनुभयो ।

सुरुमा सामान्य देखिएको आगो चर्कँदै गएर एक्कासी बगिरहेको हावाको कारणले बिस्तारै ठूलो क्षेत्र फैलिएकाे थियाे। प्रारम्भिक अनुमान अनुसार करिब ४० हेक्टर वन क्षेत्र आगलागीबाट प्रत्यक्ष प्रभावित भएको छ, जसले वनस्पति, जैविक विविधता र बन्यजन्तुमा पनि ठूलो क्षति पु¥याएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार