रुकुम पूर्वलाई केन्द्रविन्दु बनाएर बिहीबार साँझ ७:३४ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले दिएको जानकारी अनुसार, भूकम्पको कम्पन रुकुमपूर्व र आसपासका जिल्लामा समेत महसुस गरिएको छ।
हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभए पनि स्थानीयवासीमा केही समयका लागि त्रासको अवस्था देखिएको थियाे।
प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार














प्रतिक्रिया दिनुहोस्