२०८३ साउन १२ गते मङ्गलवार

सानीभेरी छेउमा अज्ञात अवस्थामा जित बहादुर बादीको शव भेतियाे



रूकुम पूर्वको सिस्ने गाउँपालिका–३ स्थित बोजेरी पुलको तलपट्टी एक पुरुषको शव फेला परेको छ। स्थानीय स्रोतका अनुसार मृतक जित बहादुर बादी रहेको पुष्टि भएको छ।

वडा अध्यक्ष हेयराम खड्काले आज बिहान स्थानीयले शव देखेपछि खबर गरेसँगै घटनास्थल पुगेको र त्यसपछि प्रहरीलाई जानकारी गराइएको जानकारी दिनुभयो।

“शव अत्यन्त नाजुक अवस्थामा फेला परेको छ, हेर्नै नसकिने अवस्था थियो,” उहाँले बताउनुभयो। घटनाको वास्तविक कारण भने प्रहरीले अनुसन्धान गरेपछि मात्र खुल्ने उहाँको भनाइ छ।वडा अध्यक्षका अनुसार घटना हिजो भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार