समाजसेवी तथा युवा नेता चन्द्र रसाइली मातातिर्थ औँसीको अवसरमा भूमे गाउँपालिका–५ सेराबाङका ५० वर्षीय लयन दमाई र ५१ वर्षीया पदम कुमारी दमाईलाई भेट्न पुगेका छन्।नि:सन्तान दम्पतीसँग छोरा बनेर भावनात्मक भेटघाट गरेका रसाइलीले उनीहरूसँग मायालु सम्बन्ध गाँसेका बताएका छन्।अहिलेको यो समाजमा जन्म दिने आमा बुबाप्रती सम्मान र स्नेहको कमी भएको महसुस गर्दैं उहाँले यस्तो बताउनु भएको हो।
समाजमा मायाँ, सद्भाव र मानवताको खाँचो गहिरिँदै गएको आजको समयमा चन्द्र रसाइलीजस्ता युवाले देखाएको उदाहरण निकै प्रेरणादायी भएको वडा नम्बर ५ का वडाध्यक्ष टेक प्रसाद बुढा मगरले बताउनुभयो।यस्ता कार्यहरूले समाजलाई सकारात्मक दिशा दिएको बुढा मगरले भन्नुभयो।
भेटका क्रममा रसाइलीले दमाई दम्पतीलाई हौसला प्रदान गर्दै भावुक हुँदै भने, “मातातिर्थको दिन आफ्नो आमाबुबालाई सम्झनेहरू धेरै छन्, तर जसको सन्तान छैनन्, उनीहरूको भावनात्मक छोरा बन्ने अवसर पाउनु मेरो लागि अत्यन्त गर्वको कुरा हो। रसाईलीले उक्त दम्पतिलाई लगाउने कपडा मायाको चिनो स्वरुप प्रदान गर्नुभएको थियो। साथै दम्पतीले रसाइलीलाई आफ्ना सन्तानसरह माया र आशीर्वाद पनि दिएका थिए।
रसाइलीले समाजमा वृद्ध, असहाय तथा एकल नागरिकप्रति सम्मान र मायाको भावना अझ बलियो बनाउन यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
















प्रतिक्रिया दिनुहोस्