२०८३ कार्तिक १२ गते बुधवार

साउन देखि यता १,८५० जनाले नयाँ नागरिकता प्राप्त



रुकुम पूर्वमा गत साउन महिना देखि हाल सम्म १ हजार ८ सय ५० जनाले नयाँ नेपाली नागरिकताको प्रमाणपत्र लिनु भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको अनुसार नागरिकता लिनेमा १८ देखि २० वर्ष उमेर समूहका धेरै रहेका छन् ।

९ सय ६९ जना महिला र ८ सय ८१ जना पुरुषले नयाँ नागरिकको प्रमाणपत्र लिनु भएको सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काले जानकारी दिनुभयो ।

पुरानो नागरिकता हराएका कारण प्रतिलिपी लिनेको संख्या पनि बढ्दो रहेको खड्काले बताउनुभयो । उहाँको अनुसार १ हजार १ सय २५ जनाले हराएको नागरिकताको प्रमाणपत्रको प्रतिलिली लिनु भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार