२०८३ साउन १२ गते मङ्गलवार

पत्रकार बिक्रम परियारको सम्झनामा दिप प्रज्वलन तथा सम्मान कार्यक्रम सम्पन्न



रुकुमपूर्व, वैशाख २० — प्रेस स्वतन्त्रता दिवसको अवसरमा रुकुमपूर्वमा दिवंगत पत्रकार तथा नेपाल पत्रकार महासंघ रुकुमपूर्वका संस्थापक सह-सचिव बिक्रम परियारको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा पत्रकार परियारकी आमालाई विशेष सम्मानसमेत प्रदान गरिएको हाे।

कार्यक्रममा दिवंगत पत्रकार परियारको स्मृतिमा दिप प्रज्वलन गरी उनको पत्रकारितामा पुर्‍याएको योगदानको सम्झना गरिएको थियो।

अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइलीले स्वर्गीय बिक्रम परियारजस्तो निर्भीक, निष्ठावान् र सामाजिक सरोकारमा कलम चलाउने पत्रकारलाई गुमाउनु रुकुमपूर्वमा अपूरणीय क्षति भएको बताउनुभएको छ। कलमललाई सधैं अन्यायविरुद्ध र जनताको पक्षमा प्रयोग गरेकाे रसाइली बताउनुभएकाे छ ।

नेपाल पत्रकार महासंघ रुकुमपूर्व शाखाको आयोजनामा भएको सो कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष बसन्त बाँठा मगरकाे रहकाे थियाे।गर्नुभएकाे थियाे। अतिथि नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोवर्धन बुढा, अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइली , प्रेस सेन्टर नेपाल रुकुमपूर्वका अध्यक्ष जयमान बुढा, महासंघका उपाध्यक्ष बालाराम शेर्पाली, सचिव निराजन शेर्पाली, दलित पत्रकार संघ लुम्बिनी प्रदेश सदस्य रुबिन विश्वकर्मालगायत जिल्लास्थित पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ बैशाख २० गते शनिवार