सरकारी कामकाजमा राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएपछि रुकुम पूर्वमा हाल सम्म १२ हजार ९ सय ९९ जनाले राष्ट्रिय परिचयपत्रको फाराम भर्नु भएको छ । राष्ट्रिय परिचयपत्रको फाराम भर्नेको संख्या धेरै भए पनि पछि कार्ड लिन आउनेको संख्या न्यून रहेको छ ।
जिल्ला प्रशासन कार्यालय, रुकुम पूर्वका अनुसार हालसम्म जम्मा ५ हजार १३ वटा कार्ड मात्र वितरण गरिएको छ । भने केही कार्डहरू मन्त्रालयबाट छापिने क्रममा रहेको र केही जिल्लामा आएको कार्ड पनि नागरिकले लिन आएका छैन् । यसैगरी हाल ३ हजार ८ सय ५५ वटा कार्ड छपाइका लागि मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारीको सचिवालयले जनाएको छ । सचिवालयको अनुसार कार्ड छपाइ गृह मन्त्रालयबाट हुने भएकाले समय लाग्ने गरेको जनाइएको छ ।
राष्ट्रिय परिचयपत्रको फाराम भरेको ६ महिना नाघेपछि जिल्ला प्रशासनमा आएर आफ्नो राष्ट्रिय परिचयपत्रको कार्ड लिन आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । एक चरण वडा र पालिकामा समेत कार्ड लगेर वितरण गरिएको प्रशासनले जनाएको छ । सरकारी कामकाजमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोले नागरिकता प्राप्त गर्नु भएको सबै नागरिकलाई परिचयपत्र बनाउन प्रशासनले अनुरोध गरेको छ ।
















प्रतिक्रिया दिनुहोस्