२०८३ साउन १२ गते मङ्गलवार

जिल्ला अस्पतालमा डाक्टरहरूको लापरबाही: फार्मेसी घण्टौँ बन्द



लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वस्थित जिल्ला अस्पतालमा कार्यरत फार्मेसी डाक्टरहरूको चरम लापरबाही उजागर भएको छ। अन्वेषण खबरका पत्रकार विमल विश्वकर्मा रिपोर्टिङका लागि अस्पताल पुग्दा देखिएको अवस्था झनै भयावह थियो।

विश्वकर्माका् अनुसार अस्पतालको फार्मेसी साढे १ घन्टा पूर्ण रूपमा बन्द थियो। औषधि लिन आएका दर्जनौँ बिरामी लाइनमा उभिएर कुर्दा–कुर्दै हैरान थिए। “म आफैँ अस्पतालमा डेढ घण्टा बस्दा एकजना पनि फार्मेसी डाक्टर देखिनन्,” पत्रकार विश्वकर्माले बताएका छन्।

बिरामीहरूका अनुसार फार्मेसीका कर्मचारीहरू ‘नास्ता खान गएका’ भन्दै बेपत्ता हुने गरेका छन्।यस्तो गैरजिम्मेवार व्यवहारले उपचारमा ढिलाइ हुने मात्र नभई बिरामीको ज्यान समेत जोखिममा पार्ने अवस्था सिर्जना गरेको छ।

“स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो चरम लापरबाही हेरि नसक्नु छ,” विश्वकर्माले भने नागरिकहरूका अनुसार अस्पतालमा सेवा नभएजस्तै भएको बताएका छन्।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार